
नवलपरासी । नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।
तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताउनुभयो ।
व्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ । ब्यारेजमा अहिले ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाव छ ।
चार लाख क्यूसेक पुगेपछि उच्च खतरा मानिन्छ । देवघाट क्षेत्रमा पानीको सतह खतरामा पुगेको छ ।
उक्त पानी क्रमशः बग्दै आएको र त्यसले ब्यारेजलाई समेत जोखिममा पार्ने भएकाले सजगता अपनाइएको उहाँको भनाई छ ।
गण्डकमा पानीको सतह बढ्दै गएपछि तटिय क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्