
झापा । झापामा रेखा खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –७ का राजु मर्डीका छोरा जीवन मर्डी रहेका छन् । उनी गए रातिबाट हराएका थिए ।
उनको शव घरबाट तीनसय मिटर तल खोलाले बगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्