
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच बालुवाटारमा छलफल भएको हो ।
दुई अध्यक्षबीच मन्त्रीपरिषद पुनर्गठन लगायतका विषयमा छलफल भएको बताइएको छ ।
गत आइतबारको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने प्रस्ताव तयार पार्न जिम्मेदारी दिएको थियो ।
आज बैठकमा उक्त विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्