२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जुन कुरा सरकारले ‘हेक्का राखेन…’


0
Shares

lapcha humla land dispute cdo clarification demand

काठमाडौं, असोज ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चीनले नेपालको सीमा मिचेको भन्ने सम्बन्धमा सरकारको प्रतिक्रियाप्रति विरोध जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी स्थलगत अध्ययनको विवरण आउनुअघि नै नेपालको सिमाना मिचिएको छैन भन्ने सरकारको प्रतिक्रिया हतारको टिप्पणी भएको र सरकारको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर आएपछि सरकारका प्रवक्ता एंव परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रतिक्रिया दिनुभएको थियो ।

तर, कांग्रेसले स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै सीमा मिचिएको छैन भनेर ठोस अध्ययनको आधारबिना धारणा सार्वजनिक गर्नु परराष्ट्रको कमजोरी रहेको टिप्पणी गरेको छ ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै स्थलगत भ्रमण पूरा गरेर हुम्ला जिल्लाको सदरमुकाम फर्कनुपूर्व नै सरकारले हतारमा धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन ।’

विज्ञप्तिमार्फत् कांग्रेसले अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबारमात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो वा होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको ठहर गरेको छ ।

अध्ययन टोलीले सीमा मिचिएको ठहर गरे चीन सरकारसमक्ष कडा विरोध जनाउँदै कूटनीतिक संवादको प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई सचेत गराउने विज्ञप्तिमा उल्लेख छ ।

असोज ८, २०७७नेपाल–चीन सीमा प्रश्नमा सरकारको हतारो टिप्पणी बारे ध्यानाकर्षणहुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा…

Posted by Nepali Congress on Thursday, September 24, 2020