१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर जलमग्न


0
Shares

चितवन, असोज ८ । चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँ जलमग्न भएको छ । मुख्य बजार क्षेत्रमा भल थुप्रिएपछि सडकमाथिबाट पानी बगेको छ ।

लगातार परेको पानीका कारण ठूलो भल बगेको र सडकबाट निकास हुने ठाउँ नहुँदा हिँडडुल गर्न र सवारी-साधन सञ्चालनमा कठिनाइ भएको छ ।

अस्पताललगायतका क्षेत्रमा जान सर्वसाधारणलाई समस्या भएको छ ।

भरतपुरमा भएका अधिकांश सडकका नाला नहुँदा भल जम्ने र ताल बन्ने गरेको छ । कतिपय ठाउँमा अस्थायी नाला बनाउँदै पानीको निकास गर्न थालिएको छ ।

यता, भरतपुर महानगरपालिका वडा नम्बर-२६ को भगडी क्षेत्रमा नारायणी नदी पस्ने खतरा बढेको छ । त्यस क्षेत्रका बासिन्दा सबैलाई सुरक्षा सतर्कता अपनाउन भनिएको छ ।