१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला क्रिकेट खेलाडी उत्साहित


0
Shares

काठमाडौं, असोज ८ । गएको मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले महिला क्रिकेटरको श्रेणी विभाजन गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा विभाजन गर्दा १९ महिला खेलाडी समावेश भए ।

पुरुष क्रिकेटरलाई भने यसअघि श्रेणीअनुसार पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयको महिला क्रिकेटरले स्वागत गरेका छन् ।

क्यानको यो निर्णयले क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ ।

महिला क्रिकेटरलाई अगामी दिन अझै व्यावसायिक बनाउन तलब सुविधा दिनेलगायतका निर्णय भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागतयोग्य भएको बताउनुभयो ।

महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

त्यसो त नेपाल महिला क्रिकेट टोली दक्षिण एसियमा बलियो टिमकारुपमा हेरिन्छ । प्रचुर सम्भावना हुँदा-हुँदै पनि उपेक्षित रहँदै आएको छ ।

न्यून अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ ।

साँघुरो पूर्वाधारका बाबजुत् पनि महिला क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोडिरहेको छ ।

खेलाडीहरुले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रियस्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताएका छन् ।