२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयघातका कारण निधन


0
Shares

काठमाडौं । अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयघातका कारण निधन भएको छ ।

५९ वर्षिय जोन्स इण्डियन प्रिमियर लिग आईपीएलको क्रिकेट कमेन्ट्री प्यालनका लागि मुम्बईमै रहेको अवस्थामा निधन भएको हो ।

उनले अष्ट्रेलियाका लागि खेलेका ५२ टेष्ट क्रिकेटमा ३ हजार ६ सय ३१ रन बनाउनुका साथै ११ सतक बनाएको रेकर्ड छ भने एक दिवसीय क्रिकेटमा १६४ खेल खेलेका उनले ६ हजार ६८ रन बनाएका थिए ।

जसमा सात सतक र ४६ अर्धसतक सामेल छन् । उनले अन्तिम पटक अष्ट्रेलियाको राष्ट्रिय टिमबाट सन् १९८४ देखि १९९४ सम्म खेलेका थिए ।

क्रिकेट खेलसम्बन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गरेका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ ।

उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय रहेका थिए ।

चर्चित व्याट्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पु¥याएका थिए ।

डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरिम प्रशिक्षक भएका थिए भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक समेत भएका थिए । एजेन्सी