
काठमाडौं । संयुक्त राज्य अमेरिकाले सिरियामा जारी मानवीय संकट समाधानका लागि सात अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।
लामो समयदेखि आन्तरिक द्वन्द्वका कारण मानवीय संकट भोगिरहेको सिरियाको पुननिर्माण तथा रोजगारी सिर्जनाका लागि उक्त करम खर्च हुने अमेरिकी विदेश मन्त्रालयका उपसचिव स्टीफन बिगुनले बताउनुभयो ।
त्यसैगरी अफ्रिका र दक्षिणी सुडानमा पनि आर्थिक सहयोग गर्ने उपसचिव स्टीफनले बताउनुभयो ।
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी विदेश मन्त्रालयले उक्त सहयोगको घोषणा गरेको हो ।
महासभामा अन्य निकायले पनि आन्तरिक द्वन्द्वका कारण समस्याग्रस्त राष्ट्रहरुका लागि सहयोग घोषणा गरिएको छ ।
आन्तरिक द्वन्द्वका कारण विस्थापित भएका करोडौं मानिस र तिनीहरुले भोगेका खाध्यान्न संकटको समाधानका लागि पनि दातृ निकायहरुले सहयोग गर्ने घोषणा गरेका छन् ।
सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असादले प्रदर्शनकारीहरुमाथि गरेको दमनकै कारण गृहयुद्धको सुरु भएको थियो ।
सो गृहयुद्धमा इरान र रसियाले सरकार र अमेरिकाले विपक्षीलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।
द्वन्द्वका कारण लाखौं सिरियाली नागरिक घरबारविहीन हुनुका साथै शरणार्थी भएका थिए ।
यता दक्षिणी सुडानमा सन् २०१८ मा औपचारिक रुपमा गृहयुद्धको अन्त्य भएसँगै मानवीय संकट सुरु भएको छ ।
गृहयुद्धका कारण चार लाख भन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्