
चितवन । निरन्तरको वर्षाले ढलको निकास नहुँदा चितवनको भरतपुर सरकारी अस्पताल जलमग्न भएको छ ।
अस्पताल परिसर र विरामी उपचार कक्षमा पानी पसेको छ । अस्पतालको आकस्मिक कक्षलगायतका विभिन्न वार्डभित्र पनि पानी पसेको छ ।
ढल निकासका लागि महानगरपालिकाले दीर्घकालिन समाधान नगर्दा विरामी र चिकित्सक दुवैले सास्ती खेप्नु परेको छ ।
पानी पसेपछि बिरामी वेडमै बस्न वाध्य छन् भने चिकित्सकहरु बुट लगाएर विरामीको उपचारमा खटिएका छन् ।
अगाडिको सडक कालोपत्रे भएको र अस्पतालको सतह सडकभन्दा तल रहेकाले भेल छिरेर अस्पताल जलमग्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्