
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो ।
दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यासका लागि उहाँ त्यसतर्फ जानु भएको हो ।
गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनालसहित ११ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ जानु भएको हो ।
गृहमन्त्री थापाको टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत सुर्खेत हुँदै दार्चुलाको छाङ्गरु जाने बताइएको छ ।
गृहमन्त्री थापाले गुल्मको शिलान्याससँगै सो क्षेत्रको अनुगमन समेत गर्ने बताइएको छ ।
गत २९ असारमा बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्