६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित


0
Shares

इलाम । इलाममा इभाङ–चतुरे सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित भएका छन् ।

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित भएको इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम करिब ६ महिनापछि पुनः सुरु भएको छ ।

नेपालटार, शान्तिडाँडा, मंगलबारे, धुसेनी, गजुरमुखी, इभाङ, चतुरेमोड दमक खण्डमा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम तीव्र गतिमा अगाडी बढेपछि स्थानीय हर्षित भएका हुन् ।

सडक कालोपत्रेका लागि भएको सम्झौता बमोजिम करिब ६२ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

निर्माण कम्पनी कालिका गजुरमुखी जेभीले सडक कालोपत्रे गर्ने ठेक्का पाएको छ ।

निर्माण कम्पनीले ५ वर्षको अवधिमा चरणगत रुपमा सडक कालोपत्रे गर्ने कार्य सम्पन्न गर्नुपर्ने शर्त रहेको छ ।