
खोटाङ, असोज ९ । खोटाङको दिक्तेल-अस्पतालचोक मात्तिम टेम्मा सडक ठेकेदारको लापरबाहीले गर्दा ढलान सम्पन्न भएको दुई महिना नबित्दै भत्किएको छ ।
दिक्तेल, अल्छेढुंगाबाट अस्पतालचोकसम्मको सडक ढलान सम्पन्न भएको दुई महिना नपुग्दै ढलान उप्किएपछि ठेकेदार कम्पनीको सर्वत्र आलोचना सुरु भएको हो ।
दिक्तेल, अल्छेढुंगादेखि अस्पतालचोकसम्मको सडक ढलान सम्पन्न भएको दुई महिना नपुग्दै भत्किएको छ ।
पूर्वाधार विकास कार्यालय उदयपुरको ४४ लाख छ हजार ३६८ रुपैयाँको लागतमा ढलान सम्पन्न गर्नेगरी अर्थ विल्डर्स कन्स्ट्रक्सन प्रालिले ठेक्का जिम्मा लिएको थियो ।
ढलान गरिएको सडकमा ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर अनेक बाहाना बनाएर आफू बच्न खोजेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
स्थानीयले ठेकेदार कम्पनीको लापरबाही कहिलेसम्म भन्दै गाडी चलेको बाहाना बनाएर आफू पन्छिन खोजेको भन्दै ठेकेदार कम्पनीमाथि आक्रोश पाखेका छन् ।
यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने यस सडकको ठाउँ-ठाउँमा भत्किएको सोलिङलाई नगरपालिकाको रकमबाट मर्मत गर्नेक्रम जारी राखेको छ ।
सडक ढलान भत्किएको ठाउँमा ठेकेदार कम्पनीले चाँडै मर्मत नगरे नगरपालिकाले जुनसुकै अवस्थामा ‘एक्सन’ लिनसक्ने बताएको छ ।
यता, ठेकेदार कम्पनीका प्रोप्राइटर शशी राईकाअनुसार २३ लाख ५३ हजार ५४० रुपैयाँको काम गरिएको भन्दै उप्किएको ढलान मर्मत गर्ने बताएका छन् ।
सडक ढलान सकिएलगत्तै मालवाहक गाडी हिँडेपछि बाटो भत्किन थालेको निर्माण कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्