१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किमद्वारा क्षमायाचना


0
Shares

सियोल, असोज ९ । उत्तर कोरियाली नेता किम जोङ–अनले यसै साता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नुभएको छ ।

उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताउनुभएको छ ।

उत्तर कोरियाले पठाएको पत्रमा एकजना अपरिचित व्यक्तिले तटीय सुरक्षा गस्तीले चेतावनी दिएपनि त्यसको बेवास्ता गर्दै अगाडि बढेपछि गोली चलाउनुपरेको उल्लेख छ ।

यसैबीच, मून र किमले हालैमात्र व्यक्तिगत पत्र आदान-प्रदान गर्नुभएको सूहले बताउनुभएको छ ।

उक्त पत्रहरुमा कोरोनाभाइरस महामारीबाट उत्पन्न कठिनाइलाई परास्त गर्दै सियोल–प्योङयाङबीचको सम्बन्धलाई पुनः गति दिने अपेक्षा गरिएको छ ।

ती पत्रहरु पछिल्लो एक महिनाभित्र आदानप्रदान गरिएको पनि सूहले बताउनुभयो ।

सूह दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार हुनुहुन्छ ।