१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेकु अस्पतालको भिड व्यवस्थापन


0
Shares

काठमाडौं, असोज ९ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग नियन्त्रण अस्पतालमा कोरोना संक्रमण परीक्षण गर्न जानेहरुको अनियन्त्रित भिड केही कम भएको छ ।

आवश्यककोमात्र परीक्षण गर्ने र बाँकीलाई घरमा नै सुरक्षित बस्ने सल्लाह दिइ भि व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।

‘पीसीआर’ परीक्षण गर्ने ल्याबहरुबारे थाहा नभएको र टेकुमा मात्र निःशुल्क परीक्षण हुन्छ भन्ने भ्रमका कारण पनि भिड बढेको अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताउनुभयो ।

उहाँले दैनिक ३०० जनाकोमात्र परीक्षण क्षमता भएको अस्पतालले भिड बढ्दा दैनिक ६०० जनासम्मको परीक्षण गरेको बताउनुभयो ।

सरकारले कोरोनाको लक्षण देखिएकाकोमात्र पीसीआर परीक्षण गर्ने ‘गाइडलाइन’ बनाएपनि बाध्य भएर सबैको परीक्षण गर्नुपरेको अस्पतालले जनाएको छ ।

टेकु अस्पताललेमात्र सबै भार थाम्न नसक्ने र स्थानीय निकाय जिम्मेवार हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

उपत्यकाबाहिरबाट काठमाडौं आएकालाई घरधनीले पीसीआर रिपोर्ट माग्ने र कलकारखानामा काम गर्नेलाई पनि कोरोना ‘नेगेटिभ’ भएको रिपोर्ट माग्न थालेपछि परीक्षण गर्नेहरुको भिड बढेको अस्पतालले जनाएको छ ।