२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पश्चिम नवलपरासीमा एक हजार बढी घर डुबानमा


0
Shares

नवलपरासी, असोज ९ । अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल गाउँपालिकाका छओटा वडा डुबानमा परेका छन् ।

सरावलको वडा नम्बर-४ र ७ र पाल्हीनन्दनको १ र ६ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका हुन् ।

दुई गाउँपालिकामा करिब एक हजार बढी घर डुबानमा छन् ।

सरावलको बुडन्तपुरमा मात्र २०० घर डुबानमा परेका छन् । करिब १०० बढी घर-परिवार विस्थापित भएका छन् । उनीहरुलाई टेन्ट टाँगेर राखिएको र राहत वितरण भइरहेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

तीन दिनदेखि परेको वर्षा रोकिएपनि गाउँमा पसेको बाढी सुक्न अझै केही दिन लाग्ने भएपछि स्थानीयहरु सरसामान र पशुचौपाय बोकेर छिमेकी गाउँमा आश्रयको खोजीमा समेत लागेका छन् ।