१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लुइस स्वारेज बार्सिलोनबाट बाहिरिए, मेस्सीलाई दिए धन्यवाद


0
Shares

काठमाडौं । बार्सिलोनाको पूर्व खेलाडी लुइस स्वारेजले आधिकारीक रुपमा एट्लेटिको मड्रिडसँग सम्झौता गरेका छन् ।

उरुग्वेका खेलाडी स्वारेजले एट्लेटिकोसँग दुई वर्षको सम्झौता गरेका हुन । ३३ वर्षीय स्वारेज ६ वर्षपछि बार्सिलोनाबाट बाहिरीएका हुन् ।

उनले ला लिगाको पहिलो सिजनमा नै बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

यसका साथै उनले ला लिगाको उपाधि चार पटक जितेका थिए ।

स्वारेजलाई बार्सिलोनाले विदाई गरेको विषयमा लियोनल मेस्सीको भनाइमा स्वारेजले भावनात्मक भनाई इन्टाग्राममा लेखेका छन् ।

स्वारेजले मेस्सीको भावनामा उत्तर दिँदै मेस्सीलाई धन्यवाद दिएका छन् ।

उनले बार्सिलोनामा पहिलो दिनदेखि अन्तिम दिनसम्म गरेको सहयोग र साथमा धन्यवाद दिएका छन् ।