
झापा । झापा कारागार चन्द्रगढीका सात जना कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण देखिएसँगै कारागारभित्र त्रास सिर्जना भएको छ ।
तीन सय जनाको क्षमता रहेको कारागारभित्र अहिले ५ बालबालिका ८१ महिलासहित एक हजार एक सय ४५ जना कैदी बन्दी रहेका छन् ।
जसमध्ये एक महिलासहित सात कैदी, एक भान्से र दुई जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।
कैदीबन्दीलाई कोरोना संक्रमण देखिएपछि कारगारभित्र त्रास सिर्जना भएको छ ।
कोरोना संक्रमण देखिएका कैदीबन्दी र प्रहरी कर्मचारीलाई मेची प्रादेशिक कोभिड अस्पताल पठाइएको छ । हाल झापामा कोरोना संक्रमितको संख्या ८ सय ३६ पुगेको छ ।
जसमध्ये ६ जनाको मृत्यु भएको छ भने ७ सय ५७ जना उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्