
उदयपुर । फलफूल खेती मध्ये चर्चाको रहेको ड्राइगन फलको खेती उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा सुरु भएको छ ।
१३ किसिमका फलफूलको मिनिरल पाइने र क्यान्सर रोग निरोधकको रुपमा प्रसिद्धि कमाएको यो फलको माग बजारमा ह्वातै बढेको छ ।
गरे के हुँदैन र कस्ले सक्दैन र ? भन्ने ज्वलन्त उदाहरण बनेकी छन बसाहाकी अरुणा राई । सात सय रुपैयाँ प्रति केजी र बेर्ना प्रति गोटा दुई सयका दरले बेच्दै आएकी राइको राम्रो आम्दानीको श्रोत बनेको छ ।
गोरखा मिलिनियमबाट प्रभावित भइ त्यहींबाट बेर्ना ल्याइ दुई बर्ष अघि खेती सुरु गरेकी राइको बगैंचामा एकसय भन्दा बढि ड्राइगन फ्रुटका बोट छन् ।
त्यसबाहेक अंगुर ,एबोकाडो, लिच्चि, अम्बा र कफी खेती पनि छ । अत्यन्तै सुन्दर बगैंचा करिब डेढ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
राष्ट्रिय खम्बुवान मोर्चाबाट राजनीतिक जीवन सुरु गरेकी राइले करिब एक दशक भुमिगत जीवन बिताएको बताइन ।
खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकाको नेकपा (माओबादी केन्द्र)बाट अध्यक्षमा प्रत्यासी राईले झिनो मतले पराजय ब्योहोरेपछि फलफूल खेतीमा लागेन उनको भनाइ छ ।
दुई कम्युनिष्टको एकीकरणपछि अहिले नेकपाको १ न प्रदेश कमिटि सदस्य समेत रहेकी उनले अहिले फलफुल खेतीलाई पनि साथै लगिरहेकी छिन् ।
राजनीति र पेसा ब्यसायलाई संगै लियर नजाँदा दुर्घटना हुने मान्यता राख्ने राइले यस बर्ष २ लाख १० हजारको फल बिक्री गरेको जानकारी दिइन ।

त्यस्तै १ लाख ५० हजार रुपैंयाँ बेर्नाबाट प्राप्त गरेको पनि सुनाइन । दुई सय पचास बिरुवाको बैना लिइ सकेको र आफ्नो नर्सरीमा करिब १५ सय बिरुवा रहेको उनले जानकारी दिइन ।
ड्राइगन फ्रुटले असारदेखि भदौसम्म उत्पादन दिने र सामान्य तरिकाले भण्डारन गर्दा समेत दुई हप्ता केही नहुने उनले बताइन ।
बसाहा क्षेत्र हावा पानी र माटो यसको लागि उपयुक्त भएकोले आफूले अहिलेसम्म रसायनिक मल, किटनाशक ओखती र अन्य औषधी प्रयोग नगरेको र लाई किरा र कमिलाको लागि बरु बिरुवाको फेदमा सयपत्री फूल र जरेसीमी रोपेको बताइन ।
सबैलाइलाइ फलफूलको खेतीमा लाग्न प्रोत्साहित गर्दै आएको भन्दै घरमै बस्ने कामकाजी महिलाहरुबाट पनि संभव हुने उनको धारणा रहेको छ । असारदेखि भदौसम्म यसबाट आाफुलाइ ५ लाख आम्दानी हुने उनले सुनाइन ।
राज्यले कृषि तथा फलफूलको खेतीमा थुप्रै अनुदान छुट्याएको सुनेपनि आफुलाइ भने कतैबाट यस्तो अवसर नपाएको गुनोसो उनको छ ।
प्रतिक्रिया दिनुहोस्