२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा एक कोरोना संक्रमितको मृत्यु


0
Shares

चितवन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ का एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

निमोनियाको समस्या रहेका मृतकलाई असोज ३ गते स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।