
काठमाडौं । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेल पक्राउ परेका छन् ।
पीडित महिलाको उजुरीका आधारमा काठमाडौ प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।
पीडित महिलाले आफूमाथि लामो समयदेखि यौन हिंसा गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध प्रहरीमा निवेदन दिएकी हुन् ।
चार वर्षअघि प्रेम विवाह गरेकी पीडित महिलाले श्रीमानविरुद्ध उजुरी दिएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्