३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


डा. केसीको समर्थनमा जुलुस


13
Shares

सर्लाही, असोज १० । डा. गोविन्द केसीको समर्थनमा सर्लाहीका युवाले जुलुस निकालेका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राख्दै गएको भदौ २९ गतेदेखि आमरण अनशनमा रहनुभएका डा. केसीको समर्थनमा शनिबार सर्लाहीको महेन्द्रबजारमा जुलुस निकालिएको हो ।

पछिलो समय स्वास्थ्य बिग्रिँदै गएपनि सरकारले डा. केसीको मागप्रति बेवास्ता गरेको भन्दै युवाहरु सडकमा निस्किएका हुन् ।