१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राजविराजका कोरोना संक्रमितको धरानमा मृत्यु


0
Shares

coronavirus

सप्तरी, असोज १० । कोरोना संक्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् राजविराज नगरपालिका–३, हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उहाँ राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना हुनुभएका उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि धरान लगिएको थियो । धरानमा भर्ना हुनुभएका उहाँको शुक्रबारराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो ।

यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।