
झापा, असोज १० । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीबाट गोरु काटेको आरोपमा शनिबार तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन् ।
पक्राउ परेका तीनजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्