
चितवन, असोज १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार बोल्ने नभइ काम गर्ने सरकार भएको बताउनुभएको छ ।
शनिबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको वार्षिकोत्सवको अवसरमा ‘जुम’ प्रविधिबाट सम्बोधन गर्दै उहाँले कोभिड-१९ बाट जनताको ज्यान बचाउन सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री ढकालले नारामा जनतालाई भुलाउने नभइ सेवा प्रदान गरी सरकारको उपस्थिति देखाउँदै आएको दाबीसमेत गर्नुभयो ।
अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेले अस्पतालले गुणस्तरीय सेवा दिन प्रविधि र भौतिक संरचनाको विकास गर्दै लैजाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्