
काठमाडौं, असोज १० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा विभिन्न पार्टीबाट जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको सरकारले देशलाई आर्थिकरुपमा धरासायी बनाउँदै लगेको बताउनुभएको हो ।
अध्यक्ष यादवले कम्युनिस्ट नेतृत्वको सरकारले देशलाई आर्थिकरुपमा मात्रै नभएर आफूपनि राजनीतिक रुपमा धरासायी बन्दै गएको जिकिर गर्नुभयो ।
अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिस्ट पार्टीबाट मुलुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको दाबी गर्नुभयो ।
जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उहाँले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्