
काठमाडौं । सत्तारूढ नेकपाले मन्त्रिपरिषद् पुर्नगठन गर्न गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।
सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन गर्ने संकेत गर्नुभएको थियो ।
त्यसअनुसार छलफल र गृहकार्य तीव्र पारिएको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।
सोही तयारी अनुसार प्रधानमन्त्री ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
सामान्यतया सोमबार मात्र बैठक बस्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्