३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सभापतिले संवैधानिक आयोगहरूमा भागबण्डा खोजेकामा शेखरको आपत्ति


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदमा भागवण्डा खोजेकोमा आपति जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै डा कोइरालाले नेपाली काँग्रेसका सभापति देउवाले विभिन्न संवैधानिक आयोगमा भागवण्डा खोज्दा उपसभामुखको निर्वाचन समेत हुन नसकेको उल्लेख गर्नुभएको छ ।

संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुखको पद लामो समयसम्म रिक्त रहँदा संवैधानिक परिषदले समेत पूर्णता पाउन नसकेको कोइरालाले लेख्नुभएको हो ।

उपसभामुख निर्वाचनप्रति प्रतिपक्षी दल, कानुन व्यवसायी किन मौन उहाँले प्रश्न गर्नुभएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेत राजीनामा गर्न लगाएर सभामुख र उपसभामुख निर्वाचन प्रक्रिया थालिएको थियो ।

सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भए पनि उपसभामुख निर्वाचनको प्रक्रिया अझै सुरु भएको छैन् ।

उपसभामुख र सभामुख मध्ये विपक्षीले दलले पाउनुपर्ने सैवैधानिक व्यवस्था भएपनि उपसभामुखको निर्वाचनका लागि काँग्रेसले दवाव दिन सकेको छैन ।

तसर्थ लामो समयदेखि उपसभामुख पद खाली नै रहेको छ । सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच संवैधानिक निकायमा भागवण्डाका आधारमा नियुक्ति गर्ने सहमति भएको बताइन्छ ।