१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा १ सय ४६ प्रहरीमा कोरोना पुष्टि


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका विभिन्न जिल्लामा रहेका कार्यालयमा कार्यरत सिपाहीदेखि सईसम्मका एक सय ४६ प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रदेश कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले प्रदेशभर अहिलेसम्म एक सय ४६ प्रहरीमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीमा सबैभन्दा धेरै १ सय १० जना प्रहरी संक्रमित छन् ।

सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना, जिल्ला प्रहरी कार्यालय कैलालीका १२ जना र प्रदेश ट्राफिक प्रहरी कार्यालयका एक जनामा संक्रमण देखिएको निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब उपरीक्षक सिंहले बताउनु भयो ।

यस्तै कञ्चनपुरका ९ जना, बाजुराका ६, अछामका ७, डोटीका तीन, दार्चुलाका दुई, बैतडीका एक जना र बझाङका एक जना प्रहरी संक्रमित छन् ।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीमासमेत संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशभर ८८ जना प्रहरीले कोरोना जितिसकेका छन् भने ५८ जना सक्रिय संक्रमित छन् ।