२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीनले विकासको क्रममै रहेको कोरोना विरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलासा


0
Shares

काठमाडौं । कोरोना भाइरस विरुद्ध प्रभावकारी खोप पत्ता नलागेको अवस्थामा चीनले विकासको क्रममै रहेको कोरोना भाइरस विरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलासा भएको छ ।

चीनले अप्रमाणित खोप सरकारको स्वामित्वमा रहेको कम्पनीका कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारीसहितलाई लगाइ सकेको न्यूर्योक टाइम्सले दावी गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिलेसम्म ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा रहेको र खोप बनाउने होडमा विश्वभरका वैज्ञानिकहरु लागिपरेको बताइरुहेका बेला चीनको यो कदम सार्वजनिक भएको हो । एजेन्सी