
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै अनशनमा रहनुभएका प्रा.डा.गोविन्द केसीको जीवन रक्षा गर्न विभिन्न संघ संस्था तथा नागरिक अगुवाहरुले सरकारसँग अपिल गरेका छन् ।
आइतबार एक संयुक्त अपिल सार्वजनिक गर्दै उहाँहरुले भदौं २९ मा जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएकाले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
यसअघि १८ पटक अनशन बसिसक्नु भएका डा. केसीका बारे जारी अपिलमा भनिएकोछ–‘तर पटक पटक आमरण अनशन बसिरहनु भएका डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् भने अर्कातिर हालको कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ ।
यसैले, डा. केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरु सम्बोधन गर्नका लागि सरकारसँग हामी हार्दिक अपील गर्दर्छौं ।’
१४ दिनअघि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरबाट अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था त्यहीं कमजोर बनेर असोज ६ गते काठमाडौं ल्याइएको तथ्य जान्दाजान्दै, अर्को एक साता बित्दासम्म पनि सरकारले चासो नदिएकामा नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गर्नुभएको छ ।
अपिलमा भनिएको छ–संविधानले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षा जस्ता नागरिकका आधारभूत मानवअधिकारको विषय लागु गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने अवस्था हुनु दुःखद हो । त्यसैले संविधानले व्यवस्था गरेको मौलिक हकप्रति संवेदनशील हुन, डा. केसीसँग सरकारहरुले विगतमा पटक–पटक गरेका सम्झौंता कार्यान्वयन गर्न र उहाँको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।’
अपीलकर्ताहरुः
श्री कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश
श्री सुशीला कार्की,पूर्व प्रधानन्यायाधीश
श्री दमननाथ ढुगांना,पूर्वसभामुख एवं मानव अधिकारवादी
प्रा.डा. केदारभक्त माथेमा, पूर्व उपकुलपति त्रि.वि.
प्रा.डा. कपिल श्रेष्ठ, पूर्व सदस्य, मानव अधिकार आयोग एवं मानव अधिकारवादी
डा. केदारनरसिंह केसी, अध्यक्ष, प्रजातान्त्रिक विचार समाज एवं पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
श्री चरण प्रसार्इं, मानव अधिकारवादी
श्री हरिहर दाहाल, पूर्वअध्यक्ष नेपाल बार एसोसिएसन
श्री शम्भु थापा, पूर्वअध्यक्ष नेपाल बार एसोसिएसन
श्री प्रेमबहादुर खड्का, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
श्री शेरबहादुर केसी, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
डा. विपीन अधिकारी, संविधानविद
डा. दिनेश त्रिपाठी, बरिष्ठ अधिवक्ता एवं मानव अधिकारकर्मी
डा. भीमार्जुन आचार्य, संविधानविद्
श्री हरिहर विरही, पूर्वअध्यक्ष, नेपालपत्रकार महासंघ
श्री तारानाथ दाहाल, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
श्री धर्मेन्द्र झा, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
डा. सुधा शर्मा, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. चोपलाल भुसाल, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. अञ्जनीकुमार झा, पूर्वअध्यक्ष, नेपाल चिकित्सक संघ
डा. मुक्तिराम श्रेष्ठ, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
ई. हरेराम श्रेष्ठ, पूर्व अध्यक्ष ईन्जिनियर एसोसिएसन
श्री मोहन ज्ञवाली, पूर्व अध्यक्ष, नेपाल शिक्षक संघ
श्री राजन कुईंकेल, पूर्व अध्यक्ष, एम्नेष्टी इन्टरनेशनल नेपाल
श्री इन्द्र अर्याल, पूर्व अध्यक्ष, मानव अधिकार संगठन
श्री महामुनिश्वर आचार्य, अध्यक्ष, मानव अधिकार संगठन
श्री ओमप्रकाश अर्याल, अधिवक्ता एवं मानव अधिकारकर्मी
श्री लिली थापा, मानव अधिकारकर्मी
श्री बद्रीप्रसाद भुषाल, अधिवक्ता
श्री सुमन अधिकारी, मानव अधिकारकर्मी
श्री राजुप्रसाद चापागाँई, अधिवक्ता एवं मानव अधिकारकर्मी
श्री, रामेश्वर नेपाल, मानव अधिकारवादी
श्री मिलनचन्द्र खनाल, केन्द्रीय सदस्य प्रजातान्त्रिक विचार समाज
डा. केदारनरसिंह केसी
अध्यक्ष, प्रजातान्त्रिक विचार समाज एवं पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ



प्रतिक्रिया दिनुहोस्