
काठमाडौं । धार्मिक मान्यता अनुसार आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ ।
आइतबार सूर्य देवतालाई पूजा गर्नाले समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ ।
सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।
आइतबारको दिन बिहान सबेरै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने चलन छ ।
त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ ।
पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ ।
साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्