२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यमनमा जारी द्वन्द्व अन्त्य हुने, सरकार र विद्रोहीबीच कैदी थुनामुक्त गर्ने सहमति


0
Shares

काठमाडौं । यमनमा जारी द्वन्द्व अन्त्यका लागि सरकार र होथी विद्रोहीबीच कैदी थुनामुक्त गर्ने सहमति भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विद्रोहीसँगको वार्ताअघि एक हजार भन्दा बढी कैदी बन्दी रिहा गर्ने सहमति भएको हो ।

राष्ट्रसंघीय दूतमार्टिन ग्रिफिथ्सले कैदी बन्दी रिहा गर्ने सहमति शक्ति स्थापनाका लागि कोशेढुंगा सावित भएको प्रतिक्रिया दिनुभएको छ ।

साउदी नेतृत्वमा रहेको सैन्य गठबन्धन र होथी आन्दोलनले समर्थन गरेको यमनी सरकारबीच सन् २०१८ करिब एक हजार भन्दा बढी बन्दी रिहा गर्ने सहमति भएको थियो ।

सोही सहमति कार्यान्वयन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को मध्यस्थतामा १० दिनसम्म चलेको वार्तापछि दुवै पक्ष विगतमा भएको सहमति पालना गर्न तयार रहेको बताइएको छ ।

सहमतिलगत्तै दुवै पक्षले एक हजार भन्दा बढी कैदीबन्दी रिहा गर्ने बताइएको छ ।

विद्रोहीले आफ्नो नियन्त्रणमा रहेका १० जना साउदी र चार जना सुडानी नागरिकसहित चार सय जना र सरकारले ६ सय ८१ जना विद्रोहीका कैदीबन्दी रिहा गर्न सहमत भएको बताइएको छ ।

हाथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै गमनमा आन्तरिक द्वन्द्व सुरु भएको हो । द्वन्द्वका कारण हजारौं सर्वसाधारको मृत्यु भएको छ । एजेन्सी