१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पखेटामा समस्या आएपछि नेपाल एयरलाइन्सको विमान ग्राउण्डेड


0
Shares

काठमाडौं । पखेटामा समस्या आएपछि नेपाल वायुसेवा निगमको ९ एन–एएलजेड कल साइन भएको को जहाज ग्राउण्डेड भएको छ ।

गत शुक्रबार काठमाडौं–कुनमिङ चार्टर उडान गर्ने क्रममा समस्या आएपछि तत्कालै अवतरण गरिएको थियो । यो जहाज मर्मतका लागि अझै केही दिन लाग्ने निगमले जनाएको छ ।

यो जहाज केही अगाडि मात्रै सिचेक गरिएको थियो । १७ हजार फिट माथी उडेपछि जहाजमा अचानक समस्या आएपछि करिब एक घण्टा आकाशमा फन्को लगाएपछि निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

सन् २०१८ को जुन महिनामा पहिलो उडान भरेको उक्त जहाजमा २७४ सिट क्षमता रहेको छ ।