
चितवन, असोज १२ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापासहित आठजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार राति प्राप्त रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएपछि उहाँसहितलाई कार्यालयमै ‘आइसोलेसन’कक्षमा राखिएको छ ।
पाँचजनालाई भने प्राकृतिक चिकित्सालय वागेश्वरी पठाइएको छ ।
उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्