
काठमाडौं, असोज १२ । ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइन र लागि नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको छ ।
दुवै पक्षले आइतबारको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको संख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
राजदूत पराजुलीले सन् २०२० को सुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेस गरेको ओमानसम्बन्धी प्रतिवेदनकाबारेमा पनि जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्