१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर छलेको आरोप लागेका ट्रम्पमाथि डेमोक्रेटहरुले उठाए राष्ट्रिय सुरक्षामाथि प्रश्न


0
Shares

काठमाडौं । आय कर छलेको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि डेमोक्रेटहरुले राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएका छन् ।

अमेरिकी प्रनिनिधिसभाका अध्यक्ष नेन्सी पोलिसीले राष्ट्रपति ट्रम्पले विदेशी हितका लागि रकम खर्च गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

चुनाव अघि मतदाताहरु किन्नका लागि ट्रम्पले करोडौं रकम खर्च गरेको जनाउँदै पोलिसीले राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको ऋणी हुन सक्ने आकंलन गर्नुभयो ।

यता ट्रम्पले भने निर्वाचनको मिति नजिकिँदै जाँदा कर छलीलगायतका विभिन्न आरोप लगााएर आफूमाथि षडयन्त्र भएको टिप्पणी गर्नुभयो ।

ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएको समयमा पनि आय करवापत जम्मा ७५० डलर मात्रै तिरेको अमेरिकी सञ्चामारध्यमहरुले उल्लेख गरेका छन् ।

ट्रम्पले पछिल्लोे १० वर्ष आय कर नै नतिरेको आरोप लगाइएको छ । कम्पनी नोक्सानमा गएको जनाएर ट्रम्पले कर छली गरेको विपक्षीको आरोप छ ।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा रहेका ट्रम्पमाथि मतदान हुन एक महिना बाँकी रहेका समयमा कर छलीको आरोप लागेको हो ।(एजेन्सी)