१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण एक स्वास्थ्यकर्मीसहित थप तीन जनाको मृत्यु


0
Shares

काठमाडौं । कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको छ । सुनसरी चितवन र वीगञ्जमा जनाको मृत्यु भएको हो ।

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकादिनुभयो ।

ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

केही समय देखिनै मृगौला फेल भइ डायलासिस गरिरहेका उनको असोज ४ गते कोरोना पुष्टी भएको थियो ।

त्यसैगरी पर्साका एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको हो