
काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यका भित्र जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाई गरिएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाईका साथ चेकजाँच गरिरहेको छ ।
सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियमाअनुसार जोरविजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।
संक्रमणको जोखिम बढ्दै गएकाले जोर विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
पछिल्ले समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्