
काठमाडौं, असार १९ । एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेस’ सेवाको शुभारम्भ गरेको छ ।
यसमा ‘गेन एडेभेन्टेज’ फाइदाहरु रहने जनाइएको छ ।
गेन एडभान्टेजमा ‘जी’ को अर्थ ‘ग्रोथ’ हो । अर्थात् एनसेलले आफ्नो यस सेवामार्फत् व्यवसायहरुलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पूर्वाधार प्रदान गर्ने रहेको छ ।
यसैगरी, ‘ए’को अर्थ ‘एजिलिटी’ हो । जहाँ ग्राहकहरुले एनसेलको चुस्त र उच्चस्तरको नेटवर्कबाट लाभ लिनसक्ने र ‘आई’को अर्थ ‘इनोभेसन’ र यसअन्तर्गत् इन्टरप्राइज ग्राहकहरुले एनसेलका पछिल्ला र नवीन सेवा तथा सुविधाहरु लिनसक्ने र नेपालबाहिर पनि आफ्ना सेवा विस्तार गर्नसक्ने जनाइएको छ ।
यसैगरी, ‘एन’को अर्थ ‘नर्भ’ अर्थात् साहस वा बल हो । जहाँ ग्राहकले अफ्ठ्यारा परिस्थितिहरुमा पनि कार्य गर्नसक्ने साहस प्रदान गर्ने एनसेलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्