२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

फालिने कागजबाट क्यारेट उत्पादन


0
Shares

स्याङ्जा, असोज १३ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा खेर जाने कागजको सदुपयोग गर्दै महिलाहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।

नगरपालिकाको वडा नम्बर-३ मा क्वालिटी प्याकेजिङ प्रालि नामको कम्पनी स्थापना गरेर महिलाहरुले फालिने कागज, कार्टुनलाई कच्चापदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन् ।

स्थानीय तीनजना महिलाहरुले झन्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग सञ्चालनमा ल्याएका छन् ।

जिल्लामा कुखुरापालन गर्ने फर्महरु बढेसँगै क्यारेटको माग बढेकाले उद्योग सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक लेखनाथ शर्माले बताउनुभयो ।

कम्पनीले फालिने कागजहरु घर-घरमै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य वस्तुहरु फाल्न फोहोरको ट्याक्टर कुर्नेहरुले अहिले त्यहीँ बिक्री गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन् ।

फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोनाकालमा पनि ११ महिलासहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन् ।