२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बन्दैछ पोखरा रंगशाला


0
Shares

पोखरा, असोज १३ । पोखरा रंगशालाको भौतिक निर्माण प्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।

रंगशालामा चेन्जिङ रुम, मिडिया सेन्टरलगायतको काम सकिएको छ ।

रंगशालाको चारैतिरको पिच निर्माणाधीन अवस्थामा छ भने ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी छ । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी छ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो ।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माणकार्य रोकिएको उहाँले बताउनुभयो ।

माछापुच्छ्रे हिमालको फेदमै करिब एक अर्ब २८ करोड ५० लाख रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको हो ।

गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)का केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।