
काठमाडौं, असोज १३ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेटमा आज (मंगलबार) नेपाली स्पिन बलर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ ।
खेल नेपाली समयानुसार अबुधाबीको मैदानमा बेलुकी पौने ८ बजेदेखि सुरु हुँदैछ ।
दिल्ली लगातार दुई खेल जितेर तालिकाको शीर्ष स्थानमा रहेको छ भने हैदराबाद दुवै खेल हारेर पुछारमा छ ।
दिल्ली जितमा ‘ह्याट्रिक’ गर्दै शीर्ष स्थानलाई मजबुद बनाउन चाहन्छ भने हैदराबाद हारको शृंखला तोड्न चाहन्छ । ‘हेड टु हेड’मा अहिलेसम्म १५ खेल भएकामा हैदराबादले ९ तथा दिल्लीले ६ खेल जितेको छ ।
यो खेलमा पनि सन्दीप लामिछानेले खेल्ने सम्भावना न्यून रहेको छ । यसअघिको टिमले नै उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा सन्दीपलाई मौका दिने सम्भावना न्यून रहेको हो ।
प्रतिक्रिया दिनुहोस्