१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विद्युत् महसुल जरिवाना छुटको माग गर्दै सांसदसहितको धर्ना


0
Shares

वीरगन्ज, असोज १३ । ‘लकडाउन’ अवधिको विद्युत् महसुल जरिवाना छुटको माग राख्दै नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रअगाडि धर्ना एवं विरोध प्रदर्शन गरिएको छ ।

मंगलबार जनता समाजवादी पार्टी वीरगन्ज महानगर कमिटीको अगुवाइमा संघीय सांसद प्रदीप यादवसहितका नेता-कार्यकर्ताले वितरण केन्द्रको मुख्य गेटमा एक घन्टा धर्ना दिनुका साथै विरोध प्रदर्शन गरेका हुन् ।

सांसद प्रदीप यादवले लकडाउनको समयमा जरिवानासहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्न मागसहित धर्नामा बसेको बताउनुभयो ।