१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रवेशविन्दुमै भार मिलान


0
Shares

बारा, असोज १३ । प्रदेश नम्बर-२ ट्राफिक प्रहरी कार्यालयले अत्यधिक तौल बोकेका मालवाहक सवारी-साधन प्रवेशमा रोक लगाएको छ ।

सडक, पुल कमजोर भएर दुर्घटना बढेको भन्दै सोझै गन्तव्यमा जान नदिइ मुख्य नाका पथलैयामा भार मिलान गरेपछिमात्र प्रदेश प्रवेश अनुमति दिन थालिएको हो ।

कोइला, क्लिंकर, सिमेन्ट, गिटी, बालुवालगायतका धुलो वस्तु बढी बोक्ने सवारीलाई प्रवेशविन्दुमै भार मिलान र कारबाहीपछिमात्र जान दिने गरेको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

यातायात व्यवस्था विभागले १७ देखि २५ टनसम्म मालसमान बोक्न अनुमति दिएपनि बढी तौल बोक्दा भाडासमेत बढी पाउने हुँदा ५० टनसम्म बोक्ने गरेको पाइएको छ ।

यसअघि, प्रदेश ट्राफिक प्रहरी कार्यालयले जरिवाना गर्दै छाड्ने गरेपनि भार बोक्ने सवारीका कारण सडक र पुलमा समस्या थपिने भन्दै ट्राफिक प्रहरीले जरिवानासँगै बढी भार मिलान थालेको हो ।