५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


कुवेतमा नयाँ राजा चयन: अल सबाहले सम्हाले राजगद्दी


0
Shares

काठमाडौं । कुबेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन हुनुभएको छ ।

कुवेतका राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ बर्षको उमेरमा निधन भएपछि शेख नवाफ राजा चयन हुनुभएको हो ।

गत जुलाईदेखि अमेरिकाको एक अस्पतालमा उपचारमा रहनुभएका शबाहको उपचारकै क्रममा मृत्यु भएको हो ।

सन् १९६३ देखि २००३ सम्म विदेश मन्त्री समेत रहनुभएका राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हाल्नु भएको थियो ।

अब भने सन् २००६ देखि राजाको उत्तराधिकारीको रुपमा काम गर्नुभएका शेख नवाफ नयाँ शासकको रुपमा चयन हुनुभएको हो ।

यसअघिका राज शेख सबा अल अहमद अल जाबेर अल सबाहको ९१ वर्षको उमेरमा गत हप्ता निधन भएपछि कुवेतले नयाँ राजा चयन गरेको हो ।

सुरक्षाको क्षेत्रमा लामो समय काम गरेका शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उहाँको उत्तराधिको बारेमा छलफल हुने बताइएको छ ।

उहाँले शासक परिवाको अल जाबेर र अल सलीम शाखाहरुबीच चलिआएको वैकल्पिक शासन व्यवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

उहाँलाई शेख सबा अलले देशका लागि गरेका राम्रा कामलाई निरन्तरता दिने र तेल उत्पादनमा रहेको विरासतलाई कायमै राख्न चुनौती रहेको बताइएको छ ।

नवनियुक्ता राजा शेख नवाफले विभिन्न भूमिकामा रहेर जिम्मेवारी पूरा गरिसक्नुभएको छ ।

सन् १९८० मा विमान उहाँकै पहलमा भएको वार्ताले अपहरण भएको विमान र यात्रु सकुसल रिहा भएका थिए ।

उहाँले कुवेतमा विभिन्न समयमा भएका हमला र गृहयुद्धपछि महत्वपूर्ण भूमिकामा रहेर काम गरिसक्नुभएको छ ।(एजेन्सी)