
कपिलवस्तु । कपिलवस्तुमा साढे सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन् ।
कृष्णनगर प्रहरीले साढे सात किलो अफिमसहित एक महिला र एक अटो चालकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले गएराति कृष्णनगर पिपलबोटको चेक प्वाइन्टबाट अफिम बरामद गरेको हो ।
प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पाको कुलेरी गाँउपालिका- १ कुरेली बस्ने ४९ वर्षकी सीता रोकालाई अफिमसहित पक्राउ गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
रोकासँगै प्रहरीले अटो चालक कपिलवस्तुकको शिवराज नगरपालिका–५ का २० वर्षीय सुशिल क्षेत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
बरामद अफिम भारतमा पुर्याएपछि यसको अन्तर्राष्ट्रिय बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी पर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्