
चितवन । रोपाइँको समयमा मनसुनले साथ दिँदा चितवनका कृषक यस वर्ष राम्रो धान फल्ने आशामा थिए ।
तर त्यसपछि कहिले मलको लाइनमा रातभर बस्नुपर्यो भने कहिले प्रहरीको लाठी खानुपर्यो ।
त्यसरी पाएको मल हालेर गोडमेल गरेपनि अहिले पसाउने बेलामा गोवारोले सताउँदा उनीहरु चिन्तित बनेका छन् ।
भरतपुर महानगरपालिका ४ का ओमप्रकाश गौतम यस पटक राम्रो धान फल्ने आशामा हुनुहुन्थ्यो । समयमै रोपाई गर्न पाएका गौतमको त्यो आशा धेरैदिन टिक्न पाएन ।
समयमै मल नपाउँदा अहिले धानमा गोवारोको समस्या देखिएको उहाँ बताउनुहुन्छ ।
१४ कठ्ठामा धान खेती गरेका गौतम गोवारो र पुतलीले पसाउने समयको धानमा बाला नलाग्ने हो कि भन्ने चिन्ता छ ।
एक विघा क्षेत्रफलमा धान खेती रहेको अर्का स्थानीय लक्ष्मण सापकोटालाई पनि यही समस्याले पिरोलेको छ ।
एउटा गाँजमा लागेको किरा हटाएर क्षति कम गर्न सकिने आशमा कृषकहरु खेतमै दिन कट्न थालेका छन् ।
धान उत्पादन घट्ने चिन्ता त छदैछ, रोप्दा लागेको खर्च समेत नउठ्ने हो कि भन्ने चिन्ता उत्तिकै छ ।
१८ कठठमा धान खेती गरेका भरतपुर ५ कल्याणपुरका तीलक पौडेल आफ्नोसँगै अरुको खेतमा पनि गोवारो मार्ने औषधि छर्किएका छन् ।
तर, तीन पटकसम्म औषधि प्रयोग गर्दा पनि समस्या समाधान नभएको गुनासो गरेका छन् । गत वर्ष प्रयो गरेको औषधिले यस वर्ष काम नगरेको उनीहरु बताउँछन् ।
कृषि ज्ञान केन्द्र चितवनकी बाली संरक्षण अधिकृत पूर्णीमा क्षेत्रीको मोवाइल आजभोलि किसानकै उक्त समस्या सुनाउन फोन निकै व्यस्त हुन्छ ।
चितवनका सवै धान कृषकको यही समस्या भएको भन्दै फिल्डमा समेत गएर आउनुभएकी उहाले गवारो नियन्त्रणमा ल्याउन अव सम्भव नभएको बताउनुभयो ।
प्राविधिकको सल्लाविना आफूखुसी विषादी प्रयोग गर्दा समस्या भएको बताउँदै चितवनमा फड्के किरा, गवारो पात बेरुवा लगायतको समस्या भएको र प्राविधिकको स्ल्लाह र सिफारिसमा मात्रै औषधि प्रयोग गर्न सल्ला दिनुहुन्छ ।
सरकारले कृषिलाई प्राथमिकतामा राखेर आत्मर्निभर बनाउने बताएपनि कृषकलाई परेका समस्या समाधानमा स्थानीय निकायले पनि चासो देखाएको छैन ।
२७ हजार ४४५ हेक्टरमा वर्षे धान खेती गरिने चितवनमा कृषकको समस्या समाधान गर्न सबै जिम्मेवार हुनुपर्ने देखिएको छ । अन्यथा यो वर्ष धान उत्पादन भारीमात्रामा घट्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्