१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुई घाइते


0
Shares

रौतहट, असोज १४ । बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

घाँस काट्न जंगल गएका चन्द्रपुर नगरपालिका–६, चिम्नीटोलका संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

भण्डारीलाई खोज्न गएका १४ जना युवाहरुमध्ये दुईजनालाईसमेत बाघले आक्रमण गरी घाइते बनाएको छ ।

बाघको आक्रमणबाट सोही टोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापा घाइते भएका हुन् ।

मंगलबार बाघको आक्रमणमा परेका भण्डारीको बुधबार चन्द्रपुरबाट पश्चिमको बीच जंगलको खोल्सामा शव भेटिएको हो ।

उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक, रंगपुर साझेदारी उपभोक्ता समूह र स्थानीय गरी १०० भन्दा बढी परिचालित भएका थिए ।

भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाइसकेको अवस्थामा शव भेटिएको डिभिजन वन कार्यालयका फरेष्टर शम्भु महतोले बताउनुभयो ।

घाइतेहरु मंगलबार राति नै चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किएका छन् ।

बाघको आक्रमणबाट रौतहटमा पहिलोपटक मानिसको ज्यान गएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।