१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा पसलमा मूल्यसूची अनिवार्य राख्न निर्देशन


0
Shares

चितवन, असोज १४ । चितवनमा चाडपर्व नजिकिएसँगै सबै पसलहरुमा अनिवार्य मूल्यसूची राख्न निर्देशन दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पाँच दिनभित्र सबै पसलमा अनिवार्य मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिएको बताउनुभयो ।

मूल्यसूची अनिवार्य टाँस नगरे कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रशासनले यसअघि प्याजको कालोबजारी बढेपछि बजार अनुगमन गरेर कारबाही गरेको थियो ।

अनुगमन नियमित हुने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शाहीले चाडपर्वमा हुनसक्ने कालोबजारी र मूल्य बढाइ ठगी गर्ने सम्भावना धेरै हुने हुँदा बजार अनुगमन बढाइने बताउनुभयो ।