२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


लिला बहादुर सबैभन्दा छोटो अवधीमा सगरमाथामा चढ्ने


0
Shares

काठमाडौं, जेठ २३ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सक्नु सामान्य साहस होइन । तर कतिपय साहसी आरोहीहरुले पटक पटक सगरमाथामा पाइला टेकेर कीर्तिमान राख्ने गर्छन ।

चार पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखा लामाबगरका ३५ बर्षीय युवा आरोही लिला बहादुर बस्नेत सबैभन्दा छोटो अवधीमा सगरमाथा पुगेर विश्व कीर्तिमान राख्ने अभियानमा छन् ।

आगामी सन् २०१९ को शरद ऋतुमा सबैभन्दा छोटो अबधिमा सगरमाथा आरोहण गर्ने तयारीमा उनी जुटेका छन् ।

काठमाडौँ देखि सगरमाथाको शिखर चुमेर काठमाडौँ सम्म आइपुग्न १० दिन सम्ममा सकाउने उद्देश्य उनको छ ।

उनको आरोहण दलको नाम ‘शटेस्ट पिरियड एभरेस्ट एक्सपिडिसन २०१९’ रहने बताए ।  उनले ‘स्टप डिस्क्रिमिनेसन-डेभलप ह्युमनिजम’ भन्ने नारा सहित विश्वको सर्बोच्च शिखरमा पहिलो चोटी नेपालको राष्ट्रिय गान समेत गाउनेछन् ।

यो आरोहणले नेपाल लगायत बिश्वभर व्याप्त जात, रंग र धर्मको आधारमा गरिने विभेदको अन्त्य गर्न र मानवताको विकास गर्न मूल संदेश प्रवाह गर्ने बताएका बताएका छन् ।

आरोहण सम्पन्न गर्न करिब ३५ लाख खर्च लाग्ने भएकोले सम्पूर्ण राजनीतिज्ञ, ब्यापारी, उद्योगी र समाजसेवी व्यक्ति र संघ सस्थालाई नैतिक तथा आर्थिक सहयोगको अपिल गरेका छन् । आरोहणको ब्यबस्थापन एसियन हिमालयन एक्सपिडिसन एजेन्सीले गर्ने भएको छ ।